काठमाडौं । कोरोनाभाइरसको महामारी विश्वव्यापी रुपमा फैलिदैं गएको बेला रोकथाम र नियन्त्रणका लागि सरकारले मुलुकलाई आजबाट लागु हुने गरि पूर्ण रुपमा लकडाउन घोषणा गरेको छ । घोषणासंगै अत्यावश्यक बाहेक सबै परिवेशलाई बन्देज गरिएको छ ।
यसै सन्दर्भमा नेपाल टेलिकमले विषम परिस्थितीमा ग्राहकको हितका लागि भन्दै विभिन्न सेवाहरुको महसुल तिर्ने समयलाई थप गर्ने निर्णय गरेको छ ।
अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा नेपाल टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै लकडाउनको अवधिमा बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू निरन्तर उपलब्ध गराउने जनाएको छ ।
त्यसैगरी यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद पनि लकडाउन अवधिभरको लागि थप गर्ने बताएको छ ।
त्यसैगरी, कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०७६, २१ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या