ओलम्पिक एकबर्ष सार्ने सहमति

रासस

मंगलबार, ११ चैत्र २०७६, १९ : ३९
ओलम्पिक एकबर्ष सार्ने सहमति

एजेन्सी । कोरोना भाईरस (कोभिड—१९) को कारण आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुन लागेको टोकियो ओलम्पिक एक बर्ष सारिने भएको छ ।

ओलम्पिक आयोजक जापानका प्रधानमन्त्री सिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) का अध्यक्ष थोमम बाचबीच मंगलबार ओलम्पिक एकबर्ष पर सार्ने सहमति भएको हो । जापानी प्रधानमन्त्री आबेले ओलम्पिक गेम्स सार्ने विषयमा आईओसीका अध्यक्ष थोममसँग टेलिफोन सम्पर्क गरेका थिए । उक्त टेलिफोन वार्तापछि दुवै पक्ष ओलम्पिक एक बर्ष पर सार्न सहमत भएका थिए । पछिल्लो सहमतीसँगै ओलम्पिक गेम्स सन् २०२१ मा हुनेछ । यद्यपी यसको अन्तिम निर्णय र नयाँ मिति भने आईओसीको बैठकले तय गर्नेछ ।

ओलम्पिकसँगै पारा ओलम्पक गेम्स पनि पछि सर्ने छ । आइतबार मात्र ओलम्पिक गेम्स स्थगित गर्न विश्वब्यापी दबाब बढेपछि आईओसीले नयाँ निर्णयको लागि कम्तीमा चार साता धैर्य गर्न आग्रह गरेको थियो । आईओसी कार्यकारी बोर्डले ओलम्पिक सार्ने विषयमा बृहत छलफल गरेर अर्को कदम चालिने जनाएको थियो । ओलम्पिक सार्नका लागि यसअघि विश्वभरका एथलेटिक्स संघ र राष्ट्रिय ओलम्पिक कमिटिले आईओसीलाई दबाब दिँदै आएका थिए ।

कोरोनाको संक्रमणमा खेल्न नसक्ने भन्दै क्यानाडा, अष्ट्रेलिया, बेलायत लगायत देशले सन् २०२० को ओलम्पिक बहिस्कारको  घोषणा समेत गरेका थिए ।