कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठक : सीमामा अड्किएका नेपालीलाई नेपाल प्रवेश गर्न दिने निर्णय

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, १६ : २९
कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठक : सीमामा अड्किएका नेपालीलाई नेपाल प्रवेश गर्न दिने निर्णय

काठमाडौं । सरकारले सीमामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेशमा दिने भएको छ । 

कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले भारतबाट नेपाल आएका तर प्रवेश गर्न नपाएका उनीहरुलाई प्रवेशको अनुमति दिने निर्णय गरेको हो । 

कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले उनीहरुलाई एक पटकका लागि नेपाल प्रवेशको अनुमति दिने निर्णय गरेको हो । तर उनीहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

यसअघि सीमा लक भइसकेपछि सीमा आएका उनीहरुलाई प्रहरीले प्रवेश अनुमति दिएको थिएन । विशेषगरी कैलाली सीमा नाकामा नेपालीहरु प्रवेश नपाउँदा तनाव हुँदै आएको छ।