सीमा नाका बन्द भएपछि बोल्यो राजपा

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, १२ : ३२
सीमा नाका बन्द भएपछि बोल्यो राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सीमानाका बन्द गर्ने सरकारी निर्णयबाट पर्न सक्ने असरलाई सहज रुपमा स्वीकार गर्न आग्रह गरेको छ । 

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने सरकारको निर्णयलाई सहज रुपमा स्वीकार गर्न राजपाले आग्रह गरेको हो । सरकारले आइतबार चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो ।

भोली पर्न सक्ने संकटका लागि सजग हुनुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै राजपाले सरकारी निर्णयको स्वागत गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले भारतसँग जोडिएको खुला सीमाना बन्द गरी सतर्कता अपनाउने सरकारी निर्णयको स्वागतयोग्य रहेको बताउनुभयो । संयोजक भण्डारीले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर जीवनयापन गर्न पनि अग्रह गर्नुभएको छ ।

कोभिड—१९ को जोखिम बढ्दै गएको बेला भ्रामक र तथ्यहिन हल्लाहरु बढेको उल्लेख गर्दै उहाँले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर अनुशासित जीवनयापन गर्न अपिल गर्नुभयो । भिडभाड हुने ठाउँमा नजाने, अनावश्यक रुपमा नगइ आफ्नै घरमा सुरक्षित बस्न सरकारले दिएको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस