एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिदै गईरहेको कोरोना भाइरसको संक्रमणबाट भारतमा थप एकजनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट महाराष्ट्रको कस्तुर्पा अस्पतालमा एक फिल्पिन्सका नागरिकको मृत्यु भएको हो ।
योसँगै भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । इण्डियन मेडिकल रिसर्च एसोसिएशनका अनुसार आज(सोमबार) बिहानसम्म ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा मात्रै २९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा फेला परेका छन् । भारतमा संक्रमणको दर तिब्र गतिमा फैलिदैं गएपछि सरकारले विभिन्न राज्यहरु लकडाउन गरेको छ ।
यसको संक्रमण रोक्नलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा हिजो आईतबार जनता कप्mर्यु समेत देश भरि लगाईएको थियो । दिन प्रतिदिन यसको संक्रमण बढदैं गएपनि सतर्कता नअपनाएको र लकडाउन पुर्ण पालना नगरको भन्दै भारतिय प्रधानमन्त्री मोदीले आज ट्वीट गर्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०७६, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु