एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिदै गईरहेको कोरोना भाइरसको संक्रमणबाट भारतमा थप एकजनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट महाराष्ट्रको कस्तुर्पा अस्पतालमा एक फिल्पिन्सका नागरिकको मृत्यु भएको हो ।
योसँगै भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । इण्डियन मेडिकल रिसर्च एसोसिएशनका अनुसार आज(सोमबार) बिहानसम्म ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा मात्रै २९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा फेला परेका छन् । भारतमा संक्रमणको दर तिब्र गतिमा फैलिदैं गएपछि सरकारले विभिन्न राज्यहरु लकडाउन गरेको छ ।
यसको संक्रमण रोक्नलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा हिजो आईतबार जनता कप्mर्यु समेत देश भरि लगाईएको थियो । दिन प्रतिदिन यसको संक्रमण बढदैं गएपनि सतर्कता नअपनाएको र लकडाउन पुर्ण पालना नगरको भन्दै भारतिय प्रधानमन्त्री मोदीले आज ट्वीट गर्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०७६, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?