सुपथ मूल्य पसल सञ्चालन

सफल खबर संवाददाता

आइतबार, ०९ चैत्र २०७६, १६ : १७
सुपथ मूल्य पसल सञ्चालन

चितवन । साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ  । 

बजारमा खाद्य बस्तुको अभाव हुन नदिन सुफत मुल्यको पसल मार्फत खाद्य सामग्री बिक्री गरिरहेको कार्यालयका प्रमुख बुद्धिविनोद दाहालले बताउनु भयो । 

सामान किन्न सबैखालका ग्राहक आउने र अलि बढी भिडभाड हुने भएकाले पनि सुरक्षा सतर्कता अपनाई साबुनले अनिवार्य हात धोएर मात्र भित्र पस्ने प्रबन्ध गरिएको दाहाल बताउनु हुन्छ ।

सुपथ पसलबाट नुन, चिनी, तेल, गेडागुडी, चामल लगायतका खाद्य वस्तुको बिक्री गरिरहेको दाहालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस