काठमाडौं । कोरोना भाइरसबाट बेलायतमा आज एक पूर्वगोरखा सैनिकको मृत्यु भएको छ । सङ्खुवासभा खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको लन्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । उपचारपछि फर्किएका राईको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । उनी कोरोनाका कारण मृत्यु हुने पहिलो नेपाली हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ चैत्र २०७६, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनामा महिलाको मृत्यु
जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै
नौ हजार बढीले आज खोप लगाए
प्रधानमन्त्रीद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई बधाई
भोजपुरमा एक हजार बढीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर