चिनियाँ अनलाइन कम्पनी अलिबाबाका संस्थापकले एशियाका १० देशमा सहयोग गर्ने

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, १८ : ११
चिनियाँ अनलाइन कम्पनी अलिबाबाका संस्थापकले एशियाका १० देशमा सहयोग गर्ने

एजेन्सी । चिनियाँ अनलाइन कम्पनी अलिबाबाका संस्थापक तथा एशियाका धनाढ्यमध्येका एक ज्याक माले दक्षिण तथा दक्षिण पूर्वी एशियाका १० देशमा सहयोग गर्ने भएका छन् । 

‘गो एशिया १ हामी अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकामा ( १८ लाख  मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार थान सुरक्षा कवच र भेन्टिलेटर थर्मोमिटर) आपतकलिन सामाग्री प्रदान गर्दैछौं । चाडैं यी सामाग्री उपलब्ध गराउन सहज छैन । तर हामी गर्नेछौं,’ उनले ट्वीटरमा लेखेका छन्,‘आज हामीले सामना गरेको महामारीलाई कुनै एक देशले मात्रै समाधान गर्न सक्दैन ।’

ज्याक माले कोरोनाविरुद्ध सहयोग घोषणा गरेको यो पहिलो अवसर भने होइन । भर्खरै, उनले अमेरिकालाई ५ लाख कोरोना भाइरस परीक्षण किट र १० लाख मास्क उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस