कोरोना सम्बन्धी भ्रामक अडियो सामाजिक संजालमा हाल्ने युवक प्रहरीको फन्दामा ? के होला कारवाही ?

शनिबार, ०८ चैत्र २०७६, १६ : ५८
कोरोना सम्बन्धी भ्रामक अडियो सामाजिक संजालमा हाल्ने युवक प्रहरीको फन्दामा ? के होला कारवाही ?

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) काठमाडौँमा फैलिएको भन्दै अफवाहपूर्ण अडियो क्लिप सामाजिक सञ्‍जालमा भाइरल बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई अफवाहपूर्ण सूचना रेकर्ड गरी  सामाजिक सञ्‍जालमा फैलाएको आरोपमा प्रहरीको साइबर ब्युरोले आज शनिबार पक्राउ गरेको हो ।

काठमाडौँको नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएको भन्दै उनले अफवाहपूर्ण अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए। सरकारले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै आवतजावत समेत रोक्ने निर्णयसहित उच्च सावधानी अपनाइरहेका बेला उक्त अडियोले भने सन्त्रास फैलिएको थियो ।

पक्राउ परेका व्यक्तिले आफन्तलाई सन्देश दिएझै गरी १ मिनेटको अडिया रेकर्ड गरेर सामाजिक संजालमा हालेका थिए । अडियोमा नर्भिक अस्पतालमा ९ जनाको परीक्षणमा ६ जनालाई कोरोना लागिसकेको र शिक्षण अस्पतालमा समेत लागेको भनेर उल्लेख गरेका थिए । 

सरकारले यस्ता लगत हल्लाको पछि नलागी आधिकारिक सूचना हेर्न अनुरोध गरिसकेको छ । यसअघि सरकारले पनि यस्ता अफबाह फैलाउनेलाई कारवाही गर्ने जनाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस