काठमाडौं । आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै लामो दूरीका सबै यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएका हुन् ।
प्रधानमन्त्रीको यो घोषणासँगै धेरैमा मध्यम र छोटो दूरीको सवारी साधन पनि सञ्चालन नहुने हो कि भन्ने चासो देखिएको छ । तर छोटो दूरीका सवारीसाधन निर्वाध सञ्चालनमा आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए ।
यातायात व्यवस्था विभागले २२५ किलोमिटरसम्म छोटो दूरी, २५० किलोमिटरसम्मको मध्यम र २५० भन्दा माथिलाई लामो दूरी गरी विभाजन गरिएको छ । ढकालले मध्यम र छोटो दूरीमा केही दिनयता नै कोरोना भाइरसको त्रासका बीच बढी भाडा लिने गरेको गुनासो आएको भन्दै चेकजाँच कडा पारिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०७६, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १५० सवारी साधन होल्ड
हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित