कोरोनाको त्रासका कारण उपत्यका छाड्नेको लर्को

सफल खबर संवाददाता

शुक्रबार, ०७ चैत्र २०७६, १३ : ४६
कोरोनाको त्रासका कारण उपत्यका छाड्नेको लर्को

काठमाडौं । कोरोना भाइरसको त्रासले काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या दिनहुँ बढिरहेको छ । काठमाडौँ छोडेर अन्यत्र जानेको संख्या ह्वातै बढिरहेको छ । बिहीबार मात्रै १ लाख ८ हजार ४५८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । आज शुक्रबार साँझसम्म काठमाडौँ छोड्नेको संख्या अझ बढ्ने अनुमान गरिएको छ । 

सरकारले स्कुल, कलेज, विश्वविद्यालयमा समेत बिदा दिने निर्णय गरेकाले उपत्यका छाड्नेको संख्या बढेको बताइएको छ । स्कुल, कलेज तथा तिनीहरुको परीक्षा स्थगित भएको छ । बिदा भएकाले घर जानेको संख्या बढेको हो । घर जाने यात्रुको संख्या बढेपछि नयाँ बसपार्क लगायतका स्थानमा यात्रुको चाप बढेको छ ।

प्रतिक्रिया दिनुहोस