चितवन । चितवन रहेका नागरिकमध्ये कोही कसैलाई कोरोना भाइरसको शंकामात्र लागे टेलिफोनमै विशेषज्ञहरुबाट परामर्श लिन पाउनेछन् ।
कोही कसैमा कोरोना भाइरसको लक्षण देखिएको खण्डमा विशेषज्ञ चिकित्सकसंग टेलिफोनमै परामर्श लिन सक्ने छन् । सरकारले रुघा, खोकी, ज्वरो आएमा तत्काल अस्पताल जानु अघि विशेषज्ञ चिकित्सकहरुसंग परामर्श लिने व्यवस्था मिलाएको छ । कोरोना भाइरसको सतर्कताको लागि टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । सरकारले टोल नं १११५ सार्वजनिक गरेको हो ।
यस्तै, कोरोना नियन्त्रण कार्यदल चितवनले सर्वसाधरणहरुले यी नम्बरहरुमा 9855055666, 9845051432, 9851143296, 9811862507, 9841694473, 9851005580, 9855059088, 9845197165,9855051029, 9855074656
फोन गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस