कोरोनाको संक्रमण रोक्न श्रीलङ्काको दुई ठाउँमा कफ्र्यू

बुधबार, ०५ चैत्र २०७६, २२ : ४८
कोरोनाको संक्रमण रोक्न श्रीलङ्काको दुई ठाउँमा कफ्र्यू

सांकेतिक तस्वीर

कोलम्बो । श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कफ्र्यू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कफ्र्यूको आदेश दिइएको अधिकारीले जनाएका छन् ।

प्रहरीले जारी गरेको सूचना अनुसार बुधबार दिउसो साढे ४  बजेदेखि लागु हुनेगरी कफ्र्यू आदेश जारी गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् । कफ्र्यू लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ । (सिन्ह्वा)