काठमाडौँ । सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आज साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाटोमा खेलिरहेको बालकलाई बसले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०७६, २१ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु