काठमाडौँ । सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आज साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाटोमा खेलिरहेको बालकलाई बसले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०७६, २१ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु