नेपाल आउने विदेशी १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने !

आइतबार, ०२ चैत्र २०७६, १० : २७
नेपाल आउने  विदेशी १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने !

काठमाडौं । नेपाल प्रवेश गर्ने प्रत्येक विदेशीलाई आजबाट सरकारले अनिवार्य रुपमा क्यारेन्टाइनमा राख्ने भएको छ ।

शनिबार राति १२ बजेपछि नेपाल आउने सबै विदेशीलाई १४ दिन क्वारेन्टाइन राख्न सुरु गरिएको विमानस्थल प्रशासनले जनाएको छ । कारोना भाइरसको त्रास विश्वव्यापी बढेपछि नेपालमा पनि विशेष सतर्कता अपनाउन थालिएको छ । 

विमानस्थलमा उत्रिने वित्तिकै सीधै क्वारेन्टाइनमा पठाउन सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनका अनुसार अनअराइभल भिसा नै बन्द गरिएकाले अब विदेशीहरू आउने संख्या नै न्यून हुनेछ ।

त्यस्तै, विदेशबाट आउने नेपालीको हकमा भने घरमै ‘सेल्फ क्वारेन्टाइन’मा बस्न सरकारले भनेको छ । नेपालीलाई पनि अत्यावश्यक काम तथा स्वास्थ्य रिपोर्ट देखाए मात्र नेपाल आउन पाउने भएकाले आइतबारदेखि नै अधिकांश उडान प्रभावित हुने बताईएको छ । 
 

प्रतिक्रिया दिनुहोस