घरेलु मदिराबाट स्यानिटाइजर बनाउन सिकाइँदै

पत्रपत्रिकाबाट

आइतबार, ०२ चैत्र २०७६, ०६ : ५४
घरेलु मदिराबाट स्यानिटाइजर बनाउन सिकाइँदै

काठमाडौँ । कोरोना भाइरसको त्रासले बजारमा स्यानिटाइजर अभाव भएपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले घरेलु मदिराबाट स्यानिटाइजर बनाउन सिकाउने भएको छ । 

ललितपुर महानगरपालिकाको आग्रहमा नाष्टले महानगरका २९ वटै वडाका प्रतिनिधिहरुलाई तालिम दिन लागेको प्रवक्ता सुरेशकुमार ढुंगेलले बताए। आइतबारदेखि नाष्टका रसायनशास्त्री वैज्ञानिक सजनलाल स्याउलाले तालिम दिनेछन्। ‘घरेलु रक्सीलाई अब स्यानिटाइजरको रुपमा पनि प्रयोग गर्न सकिने तरिका सिकाउन लागेका हौं,’ वैज्ञानिक स्याउलाले भने। प्रतिनिधिहरुलाई नाष्टकै प्रयोगशालामा स्यानिटाइजर बनाउने विधि सिकाइने छ।

तालिममा सहभागीले घरेलु मदिराआफैं ल्याउनुपर्नेछ।नाष्टबाट तालिम लिनेले आफ्‍ना वडामा सिकाउने छन्। यसअघि नाष्टले ललितपुर महानगरका दुई जनालाई तालिम दिइसकेको छ।

रक्सीबाट यसरी बनाइन्छ स्यानिटाइजर

घरेलु रक्सीमा ४० प्रतिशत इथानोल हुन्छ। यसका लागि डिस्टिलेशन प्रक्रिया ९फ्रयाक्सनल डिस्टिलेसन० बाट रक्सीमा भएको पानीको मात्रालाई घटाएर इथानोलको मात्रा ९५–९६ प्रतिशत पुर्‍याइन्छ।यसका लागि मदिरालाई निश्चित ताप दिएर पानीको मात्रा वाष्पीकरण गरी हटान्छ। 

त्यसपछि प्राप्त हुने इथानोलमा केही मात्रामा पानी हाल्ने र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्यानीटाइजर तयार गरिने नाष्टका वैज्ञानिक स्याउलाले बताए। इथानोलमा गिल्सेरोल र हाइड्रोजन पेरोअक्साइड राखेर घोललाई मिलाइन्छ।

‘अल्कोहल’ को सक्रिय मिश्रण भएकाले यो हातमा टिकिरहन सक्दैन। इथानोलमा गिल्सेरोल हाल्दा उडेर जान पाउँदैन। कीटाणु मार्नका लागि अल्कोहललाई ९ सेकेन्ड चाहिने भएकाले त्यसलाई अड्याउन गिल्सेरोल मिसाइन्‍छ। घोलमा ब्याक्टेरिया नआउन् भनेरहाइड्रोजन पेरोअक्साइड राखिन्छ।

नाष्टको अनुसन्धानअनुसार घरेलु ७ लिटर रक्सीबाट करिब २ लिटर स्यानिटाइजर बन्छ।सय एमएलको स्यानिटाइजरमा ८० एमएल इथानोल र २० एमएल पानी, हाइड्रोजन पेरोअक्साइड र गिल्सेरोलहुन्छ। कान्तिपुर दैनिकमा खबर छ ।