कोरोना त्रास : भवन उद्घाटन नगरी फर्किए मन्त्री

रासस

शनिबार, ०१ चैत्र २०७६, १५ : ३२
कोरोना त्रास : भवन उद्घाटन नगरी फर्किए मन्त्री

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्केका छन्।

मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुई तले भवनको उद्घाटन गर्ने कार्यक्रम शनिबार तय गरिएको थियो। कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेको हुँदा मन्त्री पोखरेलले सार्वजानिक कार्यक्रममा भवनको उद्घाटन नगरेका हुन्।

सरकारले ४१ सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामासमेत गर्ने तयारीमा रहेको उनले जानकारी दिए। केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न मन्त्री पोखरेलले आग्रह पनि गरे।

प्रतिक्रिया दिनुहोस