काठमाडौं । संयुक्त राष्ट्रवादी शक्तिले विश्वव्यापी रुपमा प्रभाव पार्दै गइरहेको ‘कोभिड–१९’लाई नेपालमा भित्रिन नदिन उचित सावधानी अपनाउन सरकासँग माग गरेको छ ।
शक्तिले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरस भित्रन नदिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सावधानी अपनाउन तथा सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न माग गरेको हो । कोरोना फैलन नदिन जनसमुदायलाई सतर्क गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्नसमेत शक्तिले आग्रह गरेको छ ।
कोरोनाको त्रास देखाउँदै कालोबजारी र तस्करीले प्रश्रय पाइरहेको भन्दै शक्तिले आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० फागुन २०७६, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै