एक कल फोन गर्न दुई दिन पैदल

पत्रपत्रिकाबाट

शनिबार, ०५ फागुन २०७४, ०८ : ०४
एक कल फोन गर्न दुई दिन पैदल

सुर्खेत । नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन् । तर, ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णाली क्षेत्रमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ ।

हुम्लाका १९ गाउँ टेलिफोन सेवाबाट वञ्चित छन् भने उपल्लो डोल्पाका तीन गाउँपालिकामा नै टेलिफोन छैन । डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा एउटा फोन छ, जहाँ अन्य गाउँका बासिन्दा दुई दिन हिँडेर टेलिफोन गर्न आउँछन् ।

धो गाउँका बासिन्दाले पनि आफ्नै लगानीमा फोन जोडेका हुन् । त्यस्तै, छार्का गाउँका बासिन्दा फोन गर्न दुई दिने हिँडेर शेरी गाउँ पुग्छन् । अझ भिजेरका बासिन्दा तीन दिन हिँडेर फोन गर्नकै लागि फोक्सुन्डोमा पुग्छन् । दुई–तीन हिँडेर फोनस्थल पुग्ने सर्वसाधारण प्रतिमिनेट १० रुपैयाँ तिर्छन्, नयाँ पत्रिकामा खबर छ  ।

प्रतिक्रिया दिनुहोस