चिनियाँ र इटालीका पर्यटकलाई विमानस्थलबाटै फकाईयो

पत्रपत्रिकाबाट

शुक्रबार, ३० फागुन २०७६, ०८ : १०
चिनियाँ र इटालीका पर्यटकलाई विमानस्थलबाटै फकाईयो

काठमाडौं । स्वास्थ्य प्रमाणपत्र नलिई आएका पाँच विदेशीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशबाट रोकेको छ । दुई इटाली, दुई चिनियाँ र एक ताइवानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बुधबार फकाईको नयाँ पत्रिकामा खबर छ । 

आठ देशका नागरिक र ती देश ट्रान्जिट भएर आउने अन्य देशका नागरिकले समेत नेपाल आउँदा आफुलाई कोरोना संक्रमण नभएको भनेर स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने नियम सरकारले लागू गरेको हो । मंगलबारदेखि यस्तो नियम लागू गरिएको हो ।

प्रतिक्रिया दिनुहोस