काठमाडौं । कोरोना भाइरसको त्रास रहेकै वेला इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तर्गत स्वाइन फ्लु र हङकङ फ्लुसमेत देखिन थालेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ‘इन्फ्लुएन्जा ए (एच१एन१) पिडिएम ०९’ र इन्फ्लुएन्जा ए एच३ अर्थात् हङकङ फ्लुका बिरामी बढेका छन् । धेरैजसो यिनै बिरामीलाई कोरोना परीक्षण हुँदै आएको छ । स्वाइन फ्लु र हङकङ फ्लुका बिरामी बढेका छन् । दैनिक ५० जनासम्मको नमुना परीक्षणका लागि ल्याबमा आउने गरेको बताइएकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शंकास्पद नमुनाको प्रयोगशाला परीक्षणमा स्वाइन फ्लु, हङकङ फ्लु पोजेटिभ भेटिएको छ । संकलित नमुनामध्ये ‘धेरैजसो नमुनामा स्वाइन फ्लु देखिएको छ ।
सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुुसार अस्पतालमा दैनिक ३० जनासम्म ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका छन् । प्रयोगशालाको रिपोर्टअनुसार स्वाइन फ्लु, एचवान एनवान २ सय ७८ परीक्षणमध्ये १३ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै, हङकङ फ्लु ८१ जनाको नमुना परीक्षणमध्ये ११ जनामा पोजेटिभ देखिएको छ ।नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० फागुन २०७६, ०८ : ०७
लेखकबाट थप