'वलात्कार'पछि बहिनीको हत्या: परिवारले नै दबाउन खोज्यो घटना

पत्रपत्रिकाबाट

शनिबार, ०५ फागुन २०७४, ०७ : ५५
'वलात्कार'पछि बहिनीको हत्या: परिवारले नै दबाउन खोज्यो घटना

राजविराज । सप्तरी जिल्लामा एक युवकले ११ वर्षीया बहिनीको बलात्कारपछि हत्या गरेका छन् । खडग नगरपालिका ९ लालपटीका १८ वर्षीय राजदेव मण्डलले आफ्नै काकाकी छोरीको बलात्कारपछि हत्या गरेका छन् ।
गत माघ २५ गते उक्त घटना भए पनि आरोपी भाग्न सक्ने आशंकामा प्रहरीले आरोपी पक्राउ परेपछि मात्रै शुक्रबार घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा आरोपी राजदेवलाई सार्वजनिक गरिएको थियो ।
आरोपी राजदेव गत पुस २५ गते साँझ ५ बजे आफनै कोठामा रहेकी काकाकी छोरी भेटन गएका थिए । कोठाभित्र ब्लाङकेट ओढेर सुतिरहेकी बहिनीलाई राजदेवले बलात्कार गर्न खोजेपछि उनी ब्युझिएकी थिइन् ।
 कोठा बाहिर घरका अन्य सदस्यहरू रहेको बेला राजदेवले बहिनीलाई जबरजस्ती बलात्कार गरेको अनुसन्धानवाट देखिएको उक्त घटनाका अनुसन्धान अधिकृत समेत रहेका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिए । बालिका चिच्याउन थालेपछि अरूले थाहा पाउने डरले राजदेवले कुर्ताको तुनाले १५ मिनेटसम्म घाँटीमा कसेर उनको हत्या गरेको अनुसन्धानवाट खुलेको प्रहरी उपरीक्षक सिंहले बताए । बहिनीलाई बलात्कार गरी राजदेव घरवाट फरार भएका थिए, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस