काठमाडौं । कोरोना भाइसरको संक्रमणका कारण राष्ट्रसंघको आह्वानमा युद्धग्रस्त मुलुक सुडानमा तैनाथ हुन जान लागेको नेपाली सेनाको ७ सय जनाको टोली अनिश्चित कालका लागि रोकिएको छ।
चीनको उहान शहरबाट फैलिएको उक्त प्राणघातक भाइरसका कारण विश्वलाई नै तरंगित पारिरहेका बेला राष्ट्रसंघको मुख्यालयले सुडान जाने अन्तिम तयारीमा रहेको नेपाली सेनाको टोलीलाई हाल स्थगित गर्न निर्देशन दिएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– ‘कोरोना भाइरसको आतंकको कारण राष्ट्रसंघको मुख्यालयले केही समयका लागि उडान रोक्न निर्देशन दिएपछि टोली रोकिएको हो।’ ‘यूएनले केही समयका लागि उडान रोक्न निर्देशन दिएको र उताबाट जाने आदेश आउनासाथ हामी टोलीलाई मुभ गराउँछांै।’ –प्रवक्ता पाण्डेले भन्नुभयो।
सुडानमा हाल कार्यरत नेपाली सेनाको देवीदत्त गणलाई बदली गर्न कालिध्वज गण त्यसतर्फ जाने तयारीमा थियो। उक्त गणमा गणपतिसहित ७ सय सैनिक तयारी अवस्था रहेका थिए। आइतबार नै सुडान जानुपर्ने टोली रोकिएपछि तयारी अवस्थामा रहेका शान्ति सैनिकहरू अहिले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा नै रहेका छन्। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० फागुन २०७६, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई जंगी अड्डामा सम्मान
भूकम्प प्रभावित म्यानमारलाई नेपाली सेनाको मल्हम- मेडिकल राहतसहितको टोली प्रस्थान