कोरोना भाइरस नियन्त्रणसम्बन्धी कार्ययोजना स्वीकृत

रासस

विहीबार, २९ फागुन २०७६, २२ : १३
कोरोना भाइरस नियन्त्रणसम्बन्धी कार्ययोजना स्वीकृत

काठमाडौँ । प्रदेश नं १ को मन्त्रिपरिषद् बैठकले कोराना भाइरस (कोभिड–१९) नियन्त्रणसम्बन्धी एकीकृत कार्ययोजना पारित गरेको छ । मुख्यमन्त्री कार्यालयमा आज बसेको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि तयार गरिएको कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको प्रदेश मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री हिम्कमतकुमार कार्कीले जानकारी दिनुभयो ।    

यसैगरी ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकालाई भोगअधिकारका लागि चाहिने जग्गा माग भएअनुसार सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ । बैठकले प्रदेश लगानी प्राधिकारण कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेट स्वीकृत गर्र्नुका साथै प्रदेश योजना आयोगको २०७५÷७६ वार्षिक प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ । 

बैठकले सुनसरी जिल्लाको अमडुवामा रहेको ५०० बिघा जग्गा नेपाल सरकारको मातहतमा रहेकोमा उक्त जग्गा औद्योगिक पार्क निर्माणका निम्ति सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ भने धनकुटामा औद्योगिक ग्राम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यका लागि कार्यविधि¬–२०७६ स्वीकृत गरेको, प्रदेश सहकारी नियावली–२०७६ स्वीकृत गरेको र प्रदेश सहकारी कार्यालय स्थापनाका लागि दरबन्दी स्वीकृत गरेको छ ।

त्यसैगरी उक्त बैठकले आन्तरिक मन्त्रालयबाट आएको रेडियो, एफएम सञ्चालनसम्बन्धी नियमावली–२०७६ पारित गर्नुका साथै प्रदेश दाना तथा दाना पदार्थसम्बन्धी गर्न विधेयक मस्यौदा तयार गर्न भूमि व्यवस्था तथा कृषि तथा  सहकारी मन्त्रालयलाई  स्वीकृति दिएको छ ।