नेपालको सार्वजनिक ऋण ११ खर्बभन्दा बढी, ३७ हजार हरेक नेपालीको भागमा

बुधबार, २८ फागुन २०७६, १९ : १२
नेपालको सार्वजनिक ऋण ११ खर्बभन्दा बढी, ३७ हजार हरेक नेपालीको भागमा

काठमाडौं । माघसम्ममा नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

त्यसमध्ये ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । 

अर्थ मन्त्रालयका अनुसार सरकारले  चालु आर्थिक वर्षको ७ महिनामा २५ अर्ब ५० करोड रुपैयाँ ऋण तिरेको छ । सरकारले आन्तरिकतर्फ २ अर्ब ४० करोड रुपैयाँ साँवा र १० अर्ब ६५ करोड रुपैयाँ ब्याज तिरेको छ । यस्तै बाह्यतर्फ १० अर्ब ३२ करोड रुपैयाँ साँवा र २ अर्ब १३ करोड रुपैयाँ ब्याज तिरेको छ । 

नेपालको ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँलाई आजको जनसंख्या २ करोड ९८ लाख ८५ हजार ३ सय ९६ ले भाग गर्दा हरेक नेपालीको भागमा ३७ हजार ३ सय २ रुपैयाँ ऋण पर्न आउँछ ।