यसरी खारेज हुँदैछ देउवा सरकारका नियुक्ति र निर्णय

पत्रपत्रिकाबाट

शनिबार, ०५ फागुन २०७४, ०७ : २९
यसरी खारेज हुँदैछ देउवा सरकारका नियुक्ति र निर्णय

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका गैरकानुनी नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ ।
यो विषयमा कानुनी र प्राविधिक हिसाबले अध्ययन गरेर एकमुष्ठ रुपमा खारेज गर्ने तयारी भएको ओलीनिकट नेताले बताएका छन् । यो खबर आजको नागरिक दैनिकको पृष्ठ २ मा छापिएको छ ।
एमाले नेता अग्निप्रसाद खरेलले भने,
-निर्वाचन आचारसंहिता लागेको बेला र जनमत आइसकेको अवस्थामा गरिएका सबैखाले नियुक्ति र निर्णय स्वभाविक रुपमा खारेज हुनेछन् ।
-त्यसबारे मन्त्रिपरिषदले आवश्यक निर्णय लिनेछ ।
पछिल्लो समय देउवा सरकारले गरेका नियुक्ति र निर्णप्रति वाम गठबन्धनको शीर्ष नेतृत्वले आपत्ति जनाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस