इटलीमा अघोषित कर्फ्यु : देशभर आवतजावतमा प्रतिबन्ध

मंगलबार, २७ फागुन २०७६, ०८ : ५०
इटलीमा अघोषित कर्फ्यु : देशभर आवतजावतमा प्रतिबन्ध

काठमाडौं । इटलीमा दशेका झण्डै एक चौथाई मान्छेमा कोरोना भाइरसको संक्रमण देखिएपछि अघोषित कर्फ्यु लगाएको छ । अर्थात उसले देशभर आवतजावतमा प्रतिवन्ध लगाएको छ । सार्वजनिक जमघट गर्न पनि रोक लगाएको छ ।

बढ्दो कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै इटलीले त्यस्तो निर्णय लिएको हो । प्रधानमन्त्री गुसेप कोन्टेले जनतालाई घरभित्रै बस्न र अत्यावश्यक यात्राका लागि मात्र अनुमति लिन आदेश दिएका छन् । उनले सबैभन्दा कमजोरहरूलाई जोगाउनका लागि पछिल्लो उपाय अपनाउनु परेको बताएका छन् ।

‘हाम्रोमा संक्रमण र मृत्यु धेरै बढेको छ’, प्रधानमन्त्री कोन्टेले आफ्नो पछिल्लो सम्वोधनका क्रममा भनेका छन्, ‘केही दिन पर्खनुहोस, धैर्य गर्नुहोस, सरकार लागिपरेको छ, पूरै इटाली सुरक्षित क्षेत्र हुनेछ ।’

केही दिनयता इटाली कोरोना भाइरसबाट चीनपछि सर्वाधिक प्रभावित देश बनेको छ । त्यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४६३ पुगेको छ भने संक्रमितको संख्या २४ प्रतिशतले बढेको छ ।

बिबिसीमा प्रकाशित समाचारका अनुसार, इटालीका सबै २० क्षेत्रमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस