पोखरा । मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहनुभएका पत्रकार राजबहादुर गुरुङलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । पोखरा–१६ दीपस्थित उहाँको निवासमा आज आयोजित एक कार्यक्रममा युकेमा सङ्कलन गरिएको रु तीन लाख ५६ हजारको चेक फोटो पत्रकार सङ्घका अध्यक्ष मिलन गुरुङले हस्तान्तरण गर्नुभएको हो ।
युवा समाजसेवी तथा सामाजिक अभियन्ता लन्डन निवासी चारभञ्ज्याङकी चेली अन्तिम गुरुङको सक्रियतामा सो रकम सङ्कलग्न गरिएको सो अवसरमा जानकारी दिइयो । मिर्गौला सफल प्रत्यारोपणपश्चात् निवासमा आराम गरी क्रमिकरुपमा स्वास्थ्य परीक्षणमा रहनुभएका पत्रकार गुरुङले सहयोगीलाई धन्यवाद दिनुहुँदै सबैको साथ सहयोगले प्रत्यारोपण सफल भएको विश्वास व्यक्त गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग
सडक बनाउन स्थानीयको दश लाख सहयोग
इलामका बाढीपीडितलाई जर्मनीको सहयोग
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व लडाकुलाई गरे दुई लाख सहयोग
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग