आज होली पर्व, कोरोना भाइरस लाग्न सक्छ, नखेल्न सुझाव

सोमबार, २६ फागुन २०७६, ०८ : ४६
आज होली पर्व, कोरोना भाइरस लाग्न सक्छ, नखेल्न सुझाव

काठमाडौं । आज होली पर्व । फागुन शुक्ल पूर्णिमा अर्थात् फागु पर्व, देशका विभिन्न हिमाली तथा पहाडी जिल्लामा आपसमा फागु तथा रङ दलेर यो पर्व मनाइदैछ ।

तर यसपटक विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण हुने जोखिम रहेकाले होली नखेल्न सरकारले सर्वसधारणमा आग्रह गरेको छ । जमघट भएर होली खेल्ने, रंग दल्ने र एक अर्कामा स्पर्श गर्ने कामले कोरोनाको संक्रमणको जोखिम हुने भएकोले सरकारले यसपटक फागु नखेल्न सर्वसधारणमा आग्रह गरेको हो । 

कोरोना भाइरसको संक्रमणको जोखिम, सरकारले सचेतता अपनाउन गरेको आग्रहका कारण यसपटकको होलीमा काठमाडौं उपत्यका लगायत कतिपय स्थानमा रौनक देखिएको छैन् ।  चिकित्सकहरूले हात मिलाउँदा त कोरोना संक्रमण हुने जोखिम रहेकाले होलीमा जथाभावी रङ, अबिर दल्ने तथा भिडभाड गर्ने गर्दा यो खतरा झन बढ्न सक्ने भएकाले होली नखेल्न सुझाव दिएका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा रहेको देश घोषणा गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।