कोरोनाको असर : अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा तेलको मूल्य

एजेन्सी

शनिबार, २४ फागुन २०७६, १६ : ४५
कोरोनाको असर : अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा तेलको मूल्य

काठमाडौँ । कोरोना भाइरस विश्वव्यापी बनेपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीन वर्ष यताकै सबैभन्दा न्युन भएको छ । 

कोरोना भाइरस प्रकोपका कारण विश्वभर तेलको मागमा आएको कमीले यो अवस्था निम्तिएको हो । विगतमा तेलको माग कम हुदाँ तेल निर्यातक देशहरुले तेलको उत्पादन कम गरेर मुल्यलाई यथावत गर्ने प्रयास गर्थे । तर यो पटक भने प्रमुख तेल उत्पादक राष्ट्रहश्रबीचको मतान्तरले त्यसो हुन सकेन । 

बिहीबार साउदी अरबको नेतृत्वमा रहेको ओपेक कार्टेलले अर्को ठूलो तेल उत्पादक रुसलाई दुईटा प्रस्ताव अघि सारेको थियो ।  पहिलो, हाल कार्यन्वयनमा रहेको तेल उत्पादनको कटौतीलाई सन् २०२० सम्म लम्बाउने । दोस्रो, थप प्रति दिन १५ लाख व्यारेल तेल उत्पादन घटाउने ।  

रुसले साउदी अरबको प्रस्तावलाई अस्वीकार ग(यो । शुक्रबार ओपेक र रुसबीच भएको वैठकमा रुसको त्यो प्रस्ताव अस्वीकार ग¥यो । यो असमझदारीले रुस र ओपेकबीचको सम्बन्धको भविष्य नै धरापमा परेको बताइँदैछ । 

विश्वव्यापी तेलको मापक मानिने ब्रेण्ट क्रुड तेलको मुल्य शुक्रबार एकै दिन ९.४ प्रतिशतले झरेर ४५.२७ प्रति ब्यारेल पुगेको छ । यो तीन वर्ष यताकै न्युन मूल्य हो । यो ‍ ह्रास डिसेम्बर २००८ यता तेलको मुल्यमा एकै दिनमा भएको सबैभन्दा ठूलो ह्रास हो । 

अहिले कोरोना भाइरसका कारण विश्वभरनै विद्यालय, कार्यालय बन्द गरिएको र हवाई उडान गरिएको छ । त्यस्तै विश्वको ठूलो तेल निर्यातक चीनका कैयौ स्थानका व्यवहास बन्द भएका छन् ।