आइसक्रिम चाटेर पुन स्टोरको फ्रिजमा राख्नेलाई अमेरिकामा सुनाइयो यस्तो सजाय

शनिबार, २४ फागुन २०७६, १६ : १४
आइसक्रिम चाटेर पुन स्टोरको फ्रिजमा राख्नेलाई अमेरिकामा सुनाइयो यस्तो सजाय

एजेन्सी । २४ वर्षका एक अमेरिकी नागरिक डी’एड्रियन एण्डरसनलाई खाद्य पदार्थ दुषित बनाएको आरोपमा ३० दिन जेल र २००० डलर जरिवाना सुनाइयो । 

एण्डरसनमाथि ह्युसन सहरभन्दा १४५ किमी टाढा पोर्ट आर्थरस्थित बालमार्ट सुपरमार्केटमा आइसक्रिम चाटेर पुन स्टोरको फ्रिजमा राखेको आरोप थियो । 

जेल र जरिवानाको अतिरिक्त आरोपीलाई ६ महिनासम्म उक्त स्टोर प्रवेशमा प्रतिबन्ध लगाइएको छ । साथमा उनले १०० घण्टा समाजसेवी काममा गर्नुपर्नेछ । 

आरोपीको अगस्ट २६ मा यो काम गरेका थिए । उनले यसको भिडियो पनि बनाएका थिए । त्यस समय त्यस क्षेत्रको किशोर र युवामाझ डिमार्टमेन्ट स्टोरका आइसक्रिम चाटेर पुनः फ्रिजमा राख्ने ट्रेण्ड चलेको थियो । 

प्रहरीले उक्त कार्य रोक्नलाई विशेष अभियान नै संचालन ग¥यो । त्यस क्रममा उक्त ट्रेण्ड सुरु गर्ने एक किशोर पक्राउ परे । उनीपछि एण्डरसन पक्राउ परेका हुन् । 

किशोर बालक भएकाले सजाय पाउनबाट बचे भने एण्डरसनले भने आफ्नो कृत्यको भिडियो खिचेर फेसबुकमा पोष्ट गरेकाले पक्राउ परेका थिए । 

डिपार्टमेन्टस्टोरको सीसीटीभीमा पनि एण्डरसनको कार्यको फूटेज खिचिएपछि आइसक्रिम कम्पनी ‘ब्लू बेल क्रिमर्स’ले स्टोरका सबै आइसक्रिम बदलेको थियो । 

त्यस क्रममा भएको सम्पूर्ण खर्च एण्डरसनले तिर्नुपर्ने अदालतले फैसला गरेको छ । मिडियाका अनुसार यस मुद्दामा एण्डरसनलाई यो वर्षको सुरुमा पक्राउ गरिएको थियो । 

स्रोत :
https://edition.cnn.com/2020/03/06/us/blue-bell-ice-cream-licker-jail-trnd/index.html?fbclid=IwAR1UeQuXSWVLhNweLXnbs-aKEC7lPQv4Z9RAVmfd62PUQ0Ao1cG20V1dE5A

प्रतिक्रिया दिनुहोस