सरकारले मास्क खरिद गर्न खुलाएको टेन्डर पनि रद्द

शुक्रबार, २३ फागुन २०७६, ०८ : २२
सरकारले मास्क खरिद गर्न खुलाएको टेन्डर पनि रद्द

काठमाडौं । स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाले मास्क खरिदका लागि आह्वान गरेको टेन्डरसमेत रद्द भएको छ । एन ९५ मास्क खरिदका लागि महाशाखाले खुलाएको टेन्डरमा १० कम्पनीले प्रस्ताव हालेका थिए ।

विगतमै किनेको दरमा प्रतिगोटा तीन सय रुपैयाँ राखेर टेन्डर खोलिएको थियो । तर, कम्पनीहरूले प्रतिगोटा चार सय ५० रुपैयाँको दररेट प्रस्ताव गरेपछि टेन्डर रद्द भएको व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस