‘मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई ४, ५ महिना देखि मनाउदैं आएका थियौं’

पत्रपत्रिकाबाट

शुक्रबार, २३ फागुन २०७६, ०७ : ११
‘मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई ४, ५ महिना देखि मनाउदैं आएका थियौं’

काठमाडौं । मृगौलाको दोश्रो प्रत्यारोपण पछि तांग्रिदै गरेका प्रधानमन्त्री केपी शर्मा ओली यति बेला महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा आराम गर्दै आएका छन् ।

चिकित्सकहरुले ओलीलाई अबको ५, ७ दिन पछि डिस्चार्ज गर्ने बताईसकेको छ । स्वदेश भित्रै सरकार प्रमुखले गराएको मृगौला प्रत्यारोपणको शल्यक्रिया सफल भएपछि नेपाल भित्रका स्वास्थ्य सेवाको चर्चा देश भित्र मात्र नभई विदेशमा समेत चुलिएको छ । तर प्रधानमन्त्री ओलीले यसरी स्वदेश भित्रै यति ठुलो शल्यक्रिया कसरी गराए त ? उनका निजि चिकित्सक दिव्या सिंह शाहले सहज र ज्ञानी स्वभावन नै सफलताको कारक रहेको दाबी गर्छिन् ।

उनले ओलीको कहिल्यै निराश नहुने स्वभावले पनि सम्पुर्ण उपचार प्रक्रियामा थप बल पुगेको बताईन । प्रधानमन्त्रीलाई उनले त झन बिरामीमा पनि सजिला बिरामीको उपमा समेत दिईन् ।

‘उहाँको १२ वर्ष अघि पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो,त्यसैले अहिले दोश्रो पटक गर्नु आफैंमा चुनौतीपुर्ण कार्य थियो,उनले भनिन–‘हामीले उहाँलाई धेरै महिना अघि देखि प्रत्यारोपणका लागि तयार गर्न थालेका थियौं किनकी दोश्रोपटक प्रत्यारोपण गर्दा शल्यक्रिया टेबुलमै पनि उहाँको शरिरले नयाँ मृगौलालाई रिजेक्ट गर्ने जोखिम थियो,तर हामी सबको सामुहिक मिहिनेतले स्वदेशमै सफलता मिलेको छ ।

उनले नेपालमा नै मृगौला प्रत्यारोपण गर्ने निर्णय सम्म आईपुग्दा स्वदेशमा रहेका विज्ञहरुसंग मात्र नभई विदेशमा रहेका विज्ञहरुसंग पनि लामो छलफल र परामर्श भएको बताईन् । थप समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस