कुखुराको मासु र चल्ला महँगो भएपछि यस्तोसम्म भयो नेपालमा

विहीबार, २२ फागुन २०७६, १२ : १४
कुखुराको मासु र चल्ला महँगो भएपछि यस्तोसम्म भयो नेपालमा

तस्बिर : सूर्यप्रकाश कँडेल

काठमाडौँ । भारतबाट राजधानीलगायत विभिन्न ठाउँमा मासुका लागि तयार कुखुरा र चल्ला अवैध रुपमा भित्र्याउन थालिएको छ । नेपालमा कुखुराको मासु र चल्ला महँगो भएको मौका छोपी भारतबाट अवैध रुपमा यस्ता बस्तु भित्र्याउन थालिएको हो ।

काठमाडौं पशु क्वारेन्टाइन कार्यालयका अनुसार यही साता मात्रै चितवनको रामनगर हुँदै भारतबाट काठमाडौं ल्याइएको आशङ्कामा मासुका लागि तयार ७३० वटा कुखुरा नष्ट गरिएको छ ।

सो कार्यालयका प्रमुख डा। श्रीराम अधिकारीको नेतृत्वमा अनुगमनमा गएको टोलीले भेटेनरी चिकित्सकको परीक्षणको प्रमाण र स्थानीय सिफारिस नभएको भेटिएपछि ती कुखुरा नष्ट गरिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । 

प्रतिक्रिया दिनुहोस