काठमाडौंमा भीड जम्मा भएर होली खेल्न प्रतिबन्ध

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०७६, २१ : २९
काठमाडौंमा भीड जम्मा भएर होली खेल्न प्रतिबन्ध

फाईल फोटो

काठमाडौं । सरकारले काठमाडौंमा भीड जम्मा भएर होली  खेल्न प्रतिबन्ध लगाएको छ । कोरोना भाइसरको त्रासका कारण सरकारले यस्तो निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंको बुधबार बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गर्दै काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रम गर्नका लागि स्वीकृति समेत नदिने भएको छ । 

यसैगरी यसअघि तय भएका कार्यक्रम रद्द गर्न अनुरोध गरिने पनि काठमाडौंका सीडीओ जनकराज दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस