काठमाडौँ । एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपा सुदूरपश्चिम प्रदेशका सांसद पक्राउ परेका छन् । हाल कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २(क) बाट निर्वाचित प्रदेश सांसद अक्कल बहादुर रावल पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलालाई उनले बलात्कार प्रयास गरेको आरोप लागेको छ । पीडित भनिएकी महिलाले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले खोजी गर्दै आएपनि फेला नपरेका उनी बुधबार भने जिल्ला प्रहरी कार्यालय कैलालीमा आफैं उपस्थित भएका थिए ।
उनी प्रहरीमा उपस्थित भएसँगै नियन्त्रणमा लिएर हिरासतमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०७६, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ