कोराना भाइरस फैलन नदिन इरानले ५४ हजार कैदी रिहा गर्यो

बुधबार, २१ फागुन २०७६, ०९ : ५५
कोराना भाइरस फैलन नदिन इरानले ५४ हजार कैदी रिहा गर्यो

एजेन्सी । कोरोना भाइरसको संक्रमण विश्वभरि नै बढ्दै जाँदा  फैलनबाट रोक्नका लागि इरानले  ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ । इरानको जुन जेलमा कैदीको संख्या अत्यधिक छ त्यहाँ कोरोना भाइरसको संक्रमण रोक्नका लागि यो रिहा गरेको जनाएको छ । 

पत्रकारसँगको कुराकानीमा यी कैदीको स्वास्थ्य परीक्षण गरिएको र नतिजा नकारात्मक पाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।  उनीहरुलाई जमानतमा अस्थायी रुपमा रिहा गरिएको उनले बताए । यद्यपि, ‘सिक्योरिटी प्रिजनर्स’ जसलाई पाँच वर्षभन्दा बढी सजाय सुनाइएको छ, उनीहरुलाई छोडिएको छैन । ब्रिटिश–इरानी च्यारिटी वर्कर नाजनीन जघारी–र्‍याटक्लिफलाई पनि निकै चाँडै नै छोडिनेछ ।

नाजनिनका श्रीमान्ले शनिबार भनेका थिए, ‘मलाई पूर्ण विश्वास छ कि मेरी श्रीमती कोरोना भाइरसले ग्रसित छिन् । उनी यतिबेला तेहरानको एविन जेलमा छिन् ।’यद्यपि, अधिकारीले उनको स्वास्थ्य परीक्षण गर्न अस्विकार गरेका छन् ।

नाजनिनलाई जासुसीको आरोपमा दोषी ठहर गरेपछि सन् २०१६ मा पाँच वर्षको सजाय सुनाइएको थियो । ब्रिटेनले उनी निर्दोष भएको बताउँदै आएको छ । इरानका थुप्रै अधिकारीसमेत कोरोना भाइरसबाट संक्रमित छन् । 

प्रतिक्रिया दिनुहोस