प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण शुरु हुँदै

बुधबार, २१ फागुन २०७६, ०९ : ०६
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण शुरु हुँदै

file photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला पूनः प्रत्यारोपण आज हुदैछ । चिकित्सकहरुले अहिले बिहान ९ बजे बाट मृगौला पूर्न प्रत्यारोपण शुरु गर्ने जनाएका छन् ।

प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना भएका थिए । उनको १२ वर्ष अगाडी दिल्लीको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । यसपटक भने ओलीको प्रत्यारोपण शिक्षण अस्पताल महाराजगञ्जमा हुदैछ ।

मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई हिजो साँझबाटै भोकै राखीएको छ । मृगौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको चिकित्सकहरुको भनाई छ । शल्यक्रिया अघि आवश्यक अन्य सबै परीक्षण पनि सकिएको छ । उनको स्वास्थ्य परिक्षण गर्दा मृगौला प्रत्यारोपणका लागि सबै सहज देखिएको चिकित्सकहरुको भनाई छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार, ओलीको मृगौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मृगौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।

डा अनन्तले मंगलवार ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृत अनुमति पत्र लिएका छन नेपाल मेडिकल काउन्सिलबाट । ओलीलाई भान्जी नाता पर्ने समिक्षा संग्रौलाले मृगौला दान गदैछिन् ।

प्रतिक्रिया दिनुहोस