काठमाडौँ । राष्ट्रिय सभामा अब प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका ६ जना सांसद्मात्रै रहने भएका छन्। हालै सम्पन्न निर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धन विजयी भएर आएपछि फागुन २१ गतेदेखि कांगेस ६ सांसदमा मात्र खुम्चिएको छ ।
निर्वाचनबाट ७ जना गुमाएको गत फागुन २ गते दुर्गाप्रसाद उपाध्यायको निधनसमेत कांग्रेस अब राष्ट्रिय सभामा ६ जनामा सीमित हुन पुगेको हो। नेकपाले राष्ट्रियसभामा दुईतिहाई मतसहित ५० जना सांसदले प्रतिनिधित्व गर्नेछ।
त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका दुई तथा समाजवादी पार्टीका एक जना सांसद्मात्रै अब राष्ट्रियसभामा रहनेछन्।
गोलाप्रथाबाट चार वर्षे कार्यकाल भएका कांग्रेसका राधेश्याम अधिकारी र तारादेवी भट्ट तथा छ वर्षे कार्यकाल भएका जीतेन्द्रनारायण देव, अनिता देवकोटा, प्रकाश पन्थ र रमेशजंग रायमाझीमात्रै रहनेछन्। कांग्रेस अबको दुई वर्षपछि भने ६ बाट घटेर चार जनामा सीमित हुनेछ।
राजपाले वृषेशचन्द्र लाल र रमेशकुमार यादवलाई गुमाए पनि नेकपासँग गठबन्धन गरेका कारण मृगेन्द्रप्रसाद सिंह यादव र शेखर सिंहलाई पुनः विजयी गराएर राष्ट्रियसभाको सिट संख्या जोगाएको छ।
आजबाट कांग्रेस संसदीय दलका नेता सुरेन्द्रप्रसाद पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईंसहित मुक्तकुमारी यादव, धनकुमारी खतिवडा, दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे र बिन्दादेवी राना बिदाई हुने भएपछि कांग्रेस १३ बाट ६ मा सीमित हुन लागेको हो।
गोलाप्रथा अनुसार दुई वर्षे कार्यकाल पाएका ७ स्थान रिक्त भए पनि उक्त रिक्त पदमा पुनः विजयी गराएर ल्याउन नसक्दा कांग्रेस १३ बाट संख्या घटेर ६ जना सांसद्मा सीमित हुन लागेको हो। नेकपासँग गठबन्धन भएका कारण राजपा नेपालले भने आफ्नो २ सिटलाई यथावत राख्न सफल भएको छ।
प्रमुख प्रतिपक्ष कांग्रेस ६, राजपा नेपाल दुई र समाजवादी पार्टी एकसहित ९ सिटमा सीमित भएपछि राष्ट्रियसभाको कूल ५९ सदस्यमध्ये नेकपाले एक्लैको ५० जना सांसद् रहनेछन्।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस