त्यो अभागी गोला, जसले मात्रै दुईवर्षे कार्यकाल दियो खतिवडालाई

सफल खबर संवाददाता

मंगलबार, २० फागुन २०७६, १४ : ३१
त्यो अभागी गोला, जसले मात्रै दुईवर्षे कार्यकाल दियो खतिवडालाई

कठमाडौँ । त्यो अभागी गोलाप्रथा, जसले छ वर्षसम्म रहने राष्ट्रिय सभा सदस्य पद दुई वर्षमै सिमिति गरिदियो । जसले छ वर्षसम्म पदावधि पाए, उनीहरुलाई भने त्यही गोला भाग्यमानी बनेर आइदियो ।

आज त्यही गोलाले दुईवर्षे पदावधि पाएका एक तिहाइ राष्ट्रिय सभा सहस्यहरुको अन्तिम कार्यकाल हो । सामान्य अर्थमा भन्दा ती अभागी सांसदहरु १९ जना छन् । त्यही गोलाले कसैलाई चारवर्षे कार्यकाल दिएको छ भने कसैलाई छ वर्ष ।

यसपटक बाहिरिनेमा सरिता प्रसाईं, मीनाकुमारी यादव, धनकुमारी खतिवडा, बिन्दा आले, मीना बुढा, युटोल तामाङ र कमला ओली महिला सदस्यहरु हुन् । यस्तै प्रदेश १ का हरिचरण शिवाकोटी, प्रदेश २ का रमेशप्रसाद यादव, बागमती प्रदेशका बलराम बाँस्कोटा, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, प्रदेश ५ का दुर्गादत्त उपाध्याय, कर्णाली प्रदेशका कालीबहादुर मल्ल र सूदुरपश्चिम प्रदेशका बद्रीप्रसाद पाण्डेलाई पनि त्यही अभागी गोलाले फसायो ।

दलित कोटामा खेमराज नेपाली र रामपृत पासवान, अपांगता कोटाबाट राजकुमार कुँवर र बृषेशचन्द्र लाल र सरकारले छानेर ल्याएको तर राष्ट्रपतिले मनोनित गरेका युवराज खतिवडा पन िआज बिदाई हुँदैछन् ।  उनी हालका प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् । व्यवसायीहरुका भने आँखाको तारो बन्दै आएका छन् । र उनले राज्यको ढुकुटी जोगाए तर चर्काे करको मारमा पारेको भनेर आरोप खेप्दै आएका छन् । अहिले सत्ताधारी दलमा उनलाई सदस्यमा निरन्तरता दिनेकी बाबदेव गौतम ल्याउने भन्नेमा शक्ति संघर्ष थियो तर यसपालि सचिवालयले निर्णय गरिसकेकाल ेबामदेव आउने सम्भावना प्रवल छ । 

कार्यकाल सकिनेमध्ये सत्तारुढ नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसद छन्। त्यस्तै राष्ट्रपतिबाट मनोनित एक सांसद बाहिरिनेछन् । रिक्त हुने १९ सदस्यको ठाउँमा भोलि नयाँ सदस्यहरुको सपथ हुनेछ। निर्वाचनबाट आएका १८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक जनाले भोलि बिहान ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

भोलि सपथ लिने सांसदमा सत्तारुढ नेकपाका १६ जना र राजपाका २ जना हुनेछन्। त्यस्तै एकजना सरकारको सिफारिसबाट राष्ट्रपतिबाट मनोनित व्यक्ति हुनेछन्। आज बस्ने राष्ट्रिय सभाको बैठकमा उनीहरुले अन्तिम पटक सम्बोधन गर्ने छन् । 

राष्ट्रिय सभामा ५९ जना सदस्य छन् । त्यसको एक तिहाई अर्थात १९ जना आज हट्ने छन् । १८ जना निर्वाचन मार्फत छानिने छन् भने एक जना सरकारको सिफारीसमा राष्ट्रपतिबाट गरिने छ । 

निर्वाचनमा नेपाली काँग्रेस र समाजवादी पार्टीटीले सहकार्य गरेका छन् । उनीहरु बीच तरााईको चार सिटमा दुई दुई सिट बाँड्ने गरी सहमती भएको छ । 

राष्ट्रियसभा चुनावमा प्रदेश २ मा हुने ४ पदको चुनावका लागि कांग्रेसले महिला, अल्पसंख्यक र समाजवादीले दलित र अन्य पदमा तालमेल गर्ने सहमति भएको हो । 

यस्तै प्रदेश २ मा नेकपा र राजपा बीच यसअघि नै सहकार्य भइसकेको छ । त्यहाँको चार सिट मध्ये दुई÷दुई सिट लिने गरी सहमती भइसकेको छ । नेकपाले आफ्नो १६ सिटको उमेद्वार समेत शुक्रबार टुंग्याइसकेको छ ।

राष्ट्रिय सभा बन्ने तरिका

प्रदेशहरुको न्यायोचित प्रतिनिधित्व व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारीताको सन्तुलन समेतलाई संवोधन गर्न नेपालको संविधानले राष्ट्रिय सभाको व्यवस्था गरेको छ । 

संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रुपमा परिकल्पना गरेको छ । गरिब, सिमान्तकृत, लोपन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रिय सभा अपरिहार्य छ ।

प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मणडलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी निर्वाचित छपन्न जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिलासहित तीन जना गरी राष्ट्रिय सभामा उनान्साठी सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस