कठमाडौँ । त्यो अभागी गोलाप्रथा, जसले छ वर्षसम्म रहने राष्ट्रिय सभा सदस्य पद दुई वर्षमै सिमिति गरिदियो । जसले छ वर्षसम्म पदावधि पाए, उनीहरुलाई भने त्यही गोला भाग्यमानी बनेर आइदियो ।
आज त्यही गोलाले दुईवर्षे पदावधि पाएका एक तिहाइ राष्ट्रिय सभा सहस्यहरुको अन्तिम कार्यकाल हो । सामान्य अर्थमा भन्दा ती अभागी सांसदहरु १९ जना छन् । त्यही गोलाले कसैलाई चारवर्षे कार्यकाल दिएको छ भने कसैलाई छ वर्ष ।
यसपटक बाहिरिनेमा सरिता प्रसाईं, मीनाकुमारी यादव, धनकुमारी खतिवडा, बिन्दा आले, मीना बुढा, युटोल तामाङ र कमला ओली महिला सदस्यहरु हुन् । यस्तै प्रदेश १ का हरिचरण शिवाकोटी, प्रदेश २ का रमेशप्रसाद यादव, बागमती प्रदेशका बलराम बाँस्कोटा, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, प्रदेश ५ का दुर्गादत्त उपाध्याय, कर्णाली प्रदेशका कालीबहादुर मल्ल र सूदुरपश्चिम प्रदेशका बद्रीप्रसाद पाण्डेलाई पनि त्यही अभागी गोलाले फसायो ।
दलित कोटामा खेमराज नेपाली र रामपृत पासवान, अपांगता कोटाबाट राजकुमार कुँवर र बृषेशचन्द्र लाल र सरकारले छानेर ल्याएको तर राष्ट्रपतिले मनोनित गरेका युवराज खतिवडा पन िआज बिदाई हुँदैछन् । उनी हालका प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् । व्यवसायीहरुका भने आँखाको तारो बन्दै आएका छन् । र उनले राज्यको ढुकुटी जोगाए तर चर्काे करको मारमा पारेको भनेर आरोप खेप्दै आएका छन् । अहिले सत्ताधारी दलमा उनलाई सदस्यमा निरन्तरता दिनेकी बाबदेव गौतम ल्याउने भन्नेमा शक्ति संघर्ष थियो तर यसपालि सचिवालयले निर्णय गरिसकेकाल ेबामदेव आउने सम्भावना प्रवल छ ।
कार्यकाल सकिनेमध्ये सत्तारुढ नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसद छन्। त्यस्तै राष्ट्रपतिबाट मनोनित एक सांसद बाहिरिनेछन् । रिक्त हुने १९ सदस्यको ठाउँमा भोलि नयाँ सदस्यहरुको सपथ हुनेछ। निर्वाचनबाट आएका १८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक जनाले भोलि बिहान ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
भोलि सपथ लिने सांसदमा सत्तारुढ नेकपाका १६ जना र राजपाका २ जना हुनेछन्। त्यस्तै एकजना सरकारको सिफारिसबाट राष्ट्रपतिबाट मनोनित व्यक्ति हुनेछन्। आज बस्ने राष्ट्रिय सभाको बैठकमा उनीहरुले अन्तिम पटक सम्बोधन गर्ने छन् ।
राष्ट्रिय सभामा ५९ जना सदस्य छन् । त्यसको एक तिहाई अर्थात १९ जना आज हट्ने छन् । १८ जना निर्वाचन मार्फत छानिने छन् भने एक जना सरकारको सिफारीसमा राष्ट्रपतिबाट गरिने छ ।
निर्वाचनमा नेपाली काँग्रेस र समाजवादी पार्टीटीले सहकार्य गरेका छन् । उनीहरु बीच तरााईको चार सिटमा दुई दुई सिट बाँड्ने गरी सहमती भएको छ ।
राष्ट्रियसभा चुनावमा प्रदेश २ मा हुने ४ पदको चुनावका लागि कांग्रेसले महिला, अल्पसंख्यक र समाजवादीले दलित र अन्य पदमा तालमेल गर्ने सहमति भएको हो ।
यस्तै प्रदेश २ मा नेकपा र राजपा बीच यसअघि नै सहकार्य भइसकेको छ । त्यहाँको चार सिट मध्ये दुई÷दुई सिट लिने गरी सहमती भइसकेको छ । नेकपाले आफ्नो १६ सिटको उमेद्वार समेत शुक्रबार टुंग्याइसकेको छ ।
राष्ट्रिय सभा बन्ने तरिका
प्रदेशहरुको न्यायोचित प्रतिनिधित्व व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारीताको सन्तुलन समेतलाई संवोधन गर्न नेपालको संविधानले राष्ट्रिय सभाको व्यवस्था गरेको छ ।
संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रुपमा परिकल्पना गरेको छ । गरिब, सिमान्तकृत, लोपन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रिय सभा अपरिहार्य छ ।
प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मणडलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी निर्वाचित छपन्न जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिलासहित तीन जना गरी राष्ट्रिय सभामा उनान्साठी सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०७६, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन, १३ जना मतदान गर्न नपाउने
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो
संघीयताबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा