काठमाडौँ । जेठ ११ र १२ गते सात वटै प्रदेशमा आयोजना हुने “संघीयता सबलीकरणमा राष्ट्रिय सभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी” विषयमा आयोजना हुने छलफलमा भाग लिन राष्ट्रियसभा सदस्यहरू आ–आफ्ना प्रदेशतर्फ प्रस्थान गरेका छन् ।
छलफलमा संघीयता कार्यान्वयन, वित्तीय संघीयता, सार्वजनिक सेवा र विकासका बारेमा विचार विमर्श हुने संसद् सचिवालयले जनाएको छ । कोशी प्रदेशमा हुने छलफलको संयोजन कृष्णप्रसाद सिटौला, मधेसमा मोहम्मद खालिद र बागमती प्रदेशमा गंगाकुमारी बेलबासेले गर्नेछन्। यसैगरी, गण्डकी प्रदेशका लागि कमलादेवी पन्त, लुम्बिनीका लागि गोपाल भट्टराई, कर्णालीमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका लागि मदनकुमारी शाहलाई संयोजकको जिम्मेवारी तोकिएको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सम्बन्धित प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सबै सदस्य छलफलमा सहभागी हुनेछ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल बागमती र उपाध्यक्ष विमला घिमिरे लुम्बिनी प्रदेशको छलफल तथा मनोनीत सदस्य अञ्जान शाक्य कर्णाली प्रदेशको कार्यक्रममा सहभागी हुन जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन, १३ जना मतदान गर्न नपाउने
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो