‘नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद’ भन्दै घर फर्किए क्वारेन्टाइनमा रहेका नेपाली

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, १८ : ४५
‘नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद’ भन्दै घर फर्किए क्वारेन्टाइनमा रहेका नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु आज सोमबार घर फर्किएका छन् । 

कोरोना भाइरस प्रभावित क्षेत्र वुहानबाट ल्याइएका उनीहरुलाई १६ दिन पछि घर पठाइएको हो ।

घर फर्किने क्रममा उनीहरु निकै खुसी देखिन्थे । उनीहरुले सरकारले चीनबाट उद्धार गरेर ल्याउनुका साथै क्वारेन्टाइनमा राम्रो सुविधाका साथ राखिएको भन्दै सरकारको उच्च प्रशंशा गरे । उनीहरुले नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद लगायतको नारा समेत लगाएका थिए । 

उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि सरकारले घर पठाएको हो ।

प्रतिक्रिया दिनुहोस