काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जुम्लाका २१ वर्षीय रतन तिरुवामाथि अभद्र मुद्दामा सात दिनको म्याद थप गरेको छ ।
आइतबार राष्ट्रियसभा गृहमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गरेपछि तिरुवा पक्राउ परेका थिए । प्रचण्डलाई भने जुत्ता लागेको थिएन ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले तिरुवामाथि थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिनको म्याद थप गरेको पुष्टि गरे ।
तिरुवाले आफू सहिद परिवारको भएको र माओवादी संघर्षका क्रममा बाबुको ज्यान गएको तिरुवाले दाबी गरेका छन् । यता, सत्तारुढ दल नेकपा जुम्लाले भने आइतबार नै एक विद्दप्ति जारी गर्दै रतन सहिद परिवारको सदस्य नभएको र विप्लव कार्यकर्ता रहेको दाबी गरेको छ ।
प्रचण्डमाथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०७६, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?