त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व राजालाई 'सरकार' भनी सम्बोधन

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, ११ : ५१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व राजालाई 'सरकार' भनी सम्बोधन

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा 'सरकार' भनेर सम्बोधन गरिएको छ । भारत भ्रमण सकेर आइतबार नेपाल फर्किएका शाह दम्पतीको विमानस्थलमा शरीरको तापक्रम जाँच गर्ने क्रममा त्यहा कार्यरत कर्मचारीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई  सरकार ट्याम्पेचर चेक गरौं भनी सोधका हुन् ।  

त्यसपछि पूर्व राजा मुस्कुराउँदै तापमान लिन बसेका कर्मचारीतर्फ फर्कन्छन् अनि  कर्मचारीले पूर्व राजाको तापमान लिन्छन् र जान दिन्छन् । त्यसपछि पूर्व राजाको पछिपछि आइरहेकी पूर्व रानी कोमलसहित सबै सदस्यको  पनि शरीरको तापमान लिइएको भिडियोमा देखिएको छ । 

विमान स्थलकै कर्मचारीले खिचेको भिडियोमा यी सबै घटनाक्रम प्रष्ट देखिएको छ । शाह दम्पतीको शरीरको तापमान नाप्दै गरेको भिडियो नेपाल वायुसेवा निगमका अध्यक्ष केदारबहादुर अधिकारीले आफ्नो ट्वीटमा पोष्ट गर्नु भएको हो । सम्भावित कोरोना भाइरसको संक्रमण जोखिमलाई ध्यानमा राख्दै नेपालले आइतबारबाट नेपाल आउने सबै हवाईयात्रु माथि विमान स्थलमा निगरानी सुरु गरेको हो । 

शनिबार सरोकारवाला निकायहरुसँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नेपाल नभित्रियोस भनेर सतर्कता अप्नाउन निर्देशन दिए बमोजिम आइतबारबाट नेपाल आउने हवाइ यात्रुको तापक्रम नाप्न थालिएको हो ।