काठमाडौँ। विमानस्थलमा सबैको जाँच कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आइतबारदेखि त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको छ ।
विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो मुलुक जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँचको डेस्क अनिवार्य पार गर्नुपर्ने व्यवस्था गरिएको हो । त्यस्तै जहाज काठमाडौं अवतरणका क्रममा अनबोर्डमा रहेका यात्रु तथा आगमन र प्रस्थान कक्षमा अंग्रेजी, चिनियाँ र नेपाली भाषामा जानकारीमूलक सूचना प्रवाह सुरु गरिएको छ ।
आइतबारबाटै विमानस्थलमा यात्रुहरूको शरीरको तापक्रम जाँच्ने ‘थर्मल स्क्यानर’ बाहेक ‘लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे’ पनि प्रयोगमा ल्याइएको छ ।
कोभिड–१९ को बढ्दो जोखिमलाई गम्भीरताका साथ लिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवर्द्धनका कार्यक्रम हाललाई स्थगन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै यात्रुलाई कडाइका साथ निगरानी गर्ने निर्णय गरेको हो ।कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ फागुन २०७६, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा पाण्डे
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या