भारतीय नयाँ राजदुत आज काठमाडौं आउँदैं

आइतबार, १८ फागुन २०७६, ०९ : ३४
भारतीय नयाँ राजदुत आज काठमाडौं आउँदैं

काठमाडौं । नेपालका लागि भारतका नयाँ राजदुत आज काठमाडौं आईपुग्दैछन् । भारतले नेपालका लागि विनयमोहन क्वात्रालाई आफनो नयाँ राजदुतका रुपमा एक महिना अगाडी नै नियुक्त गरेको थियो । उनी आफ्नो कार्यभार सम्हाल्न आज काठमाडौं आईपुग्न लागेको भारतीय दुतावासले जनाएको छ ।
 
उनी बिहान सवा १० बजे काठमाडौं आइपुग्ने छन् । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूतमा नियुक्त गरेका थिए ।

सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए । यस अगाडीका राजदुत मञ्जिव सिंह पुरी गत महिना नै आफनो कार्यकाल पूरा गरि स्वदेश फर्किएका थिए ।

भारतले नेपालमा पठाउने राजदुत विशेष महत्व राखेर पठाउने गरेको छ । नेपालसँगको सम्बन्ध कस्तो हुने भन्नेमा उसले पठाउने राजदुतको भूमिकामा बढी केन्द्रीत हुने भएकोले पनि यहाँ आउने राजदुतका बारेमा कुटनीतिक क्षेत्रमा बढी नै चासो लिने गरिन्छ ।
 

प्रतिक्रिया दिनुहोस