रेल यातायातमा धमाधम काम हुँदै, २२६ कर्मचारी नियुक्ति हुँदै

सफल खबर संवाददाता

शनिबार, १७ फागुन २०७६, १९ : २९
रेल यातायातमा धमाधम काम हुँदै, २२६ कर्मचारी नियुक्ति हुँदै

काठमाडौँ । सरकराले रेल यातायातका लागि धमाधक आवश्यक प्रक्रिाय अघि बढाएको छ । भौतिक पुर्वाधार तया यातायात मन्त्रालयले रेल सेवाका लागि विभिन्न ठाउँमा आवश्यक काम अघि बढाएको जनाएको छ । 

मन्त्री बसन्तकुमार नेम्वाङले  निजगढ (चोचा) बर्दिबास रेलमार्ग खण्डमा थप २ किमी ट्रयाक वेड निर्माण भएको तथा ४ वटा पुलको फाउन्डेस निर्माण भएको बताए । 

यहाँको  वन क्षेत्र पर्ने ठाउँको रुख हटाउन समेत बन मन्त्रालयमा विवरण तयार पारि पठाइएको छ । पुर्वपश्चिम विद्युत रेलमार्गको वैकल्पिक खण्ड निजगढ भरतपुर रेलमार्गको डिपिआरको काम सकेर अहिले सम्झौता कार्य थालिएको छ । 

काठमाडौँको नारायणगोपाल चोक रत्नपार्क सातदोबाटो चोकको मेट्रो रेलको डिपिआर तयार गर्ने कार्य थालिएको छ । काँकडभिट्टा,इनरुवा रेलमार्ग खण्डको विस्तृत अध्ययनका लागि चीन सरकारसँग सम्झौताको प्रक्रिया अघि बढेको जनाइएको छ ।  

विरगञ्ज काठमाडौँ रेलमार्गको  विस्तृत अध्ययन कार्यका लागि भरातबाट समेत बजेट विनियोजन भएका ेछ । जयनगर जयपुर रेल सेवा सञ्चालनका लागि खरिद प्रक्रिया २ वटा रेलसेट मध्य एउटा भारतको चेन्नमा निर्माण सम्पन्न भएको अर्काे सेट समेत निर्माण सम्पन्न हुने चरणमा रहेको मन्त्रालयले जनाएको छ । 

दक्ष जनशक्ति व्यवस्थापनमा समेत सरकार लागेको छ । रेलवे सम्वन्धी विधेयक संसदमा पेश गरिएको छ । रेल सेवा सञ्चालनका लागि  सरकारबाट २६ विदेशी सहित २२६ जना काम दार नियुक्ति प्रक्रिया शुरु भएको जनाईएको छ । 

जोगबनी विराटनगर खण्डमा रेल स्टेशनका लागि लामो समेयदेखि जग्गा प्राप्तिमा देखिएको समस्या निराकरण भएको छ । मन्त्रालयले रेल विभागबाट सञ्चालित योजना हरुको पूँजिगत खर्च २३.७८ प्रतिशत रहेको मन्त्रालयले आज पत्रकारहरुलाई जानकारी गराएको छ ।