यस्तो रहनेछ यो साताको मौसम

सफल खबर संवाददाता

शनिबार, १७ फागुन २०७६, ०८ : ५३
यस्तो रहनेछ यो साताको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा प्रदेशको साप्ताहिक मौसमको पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार साताको शनिबार, आइतबार र बिहीबार हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

यस्तै शनिबार, आइतबार र बिहीबार पहाडी र तराईका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । यस्तै देशका अधिकांश भूभागमा न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस