भारतीय गाडीमा गाउँपालिका प्रमुख

पत्रपत्रिकाबाट

शुक्रबार, ०४ फागुन २०७४, ०७ : ४३
भारतीय गाडीमा गाउँपालिका प्रमुख

कपिलवस्तुको यशोधरा गाउँपालिकाले चालु बर्षको माघसम्ममा ८ लाख ४० रुपैयाँ गाडीभाडा तिरेको छ ।

गाउँपालिका प्रमुख गिरजेशकुमार पाण्डेले भारतीय नम्बर प्लेट युपी ५५ डब्लु ९३६७ नं. को स्कार्पियो गाडी भाडामा लिएर चलाउँदा उक्त रकम भाडा उठेको हो ।

दैनिक ४ हजार तिर्ने गरी गाडी भाडामा लिएको गाउँपालिकाले जनाएको छ । मासिक १ लाख २० हजार रुपैयाँ भाडावापत तिर्दै आएको छ ।

तेल खर्च पनि पालिकाले नै ब्याहोर्ने हो । अध्यक्ष पाण्डेले गत साउनदेखि माघसम्म यही गाडी प्रयोग गरेका छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस