साकाहारीहरुले थाहा पाउनुहोस्, भरपुर प्रोटिन पाइने आहार

सफल खबर संवाददाता

शुक्रबार, १६ फागुन २०७६, १५ : १२
साकाहारीहरुले थाहा पाउनुहोस्, भरपुर प्रोटिन पाइने आहार

काठमाडौं । मानव शरीरलाई प्रोटिनयुक्त खाना निकै अत्वाश्यक हुन्छ । मांसाहारीले चिकन र अण्डामार्फत् प्रोटिन पाइरहेका हुन्छन् भने शाकाहारीका लागि प्रोटिनको स्रोत निकै कम हुन्छ । 

साकाहारीहरुलाई भरपुर प्रोटिन पाइने आहार बारे तल जानकारी दिइएको छ ।

दाल

दालमा असाध्यै धेरै प्रोटिन पाइन्छ । एक कप दालमा करिब १८ ग्राम प्रोटिन पाइन्छ । दाललाई तपाईंले सुपजस्तै बनाएर पिउन पनि सक्नुहुन्छ ।

ड्राइ नट्स र पीनट बटर

बदाम, पिस्ता र काजूमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । २ चम्चा ओर्गानिक पिनट बटरमा ८ ग्राम प्रोटिन पाइन्छ । पिनट बटरले तपाईं स्वादिष्ट ब्रेकफास्ट, स्न्याक्स र स्मूदी पनि बनाउन सकिन्छ ।

तोफू

तोफू प्रोटिनको राम्रो स्रोत हो । यसमा शरीरलाई आवश्यक सबै एमिनो एसिड पाइन्छ । यो हेर्दा पनिर जस्तो हुन्छ । तोफूमा प्राकृतिक स्वाद हुन्छ र यो निकै नरम पनि हुन्छ । तोफूबाट डेजर्ट र शेक निकै राम्रो बन्छ र यसलाई फ्राइ गरेर पनि खान सकिन्छ ।

पालुङ्गो

पालुङ्गो पनि प्रोटिनको राम्रो स्रोत हो । खानामा हरियो सागसब्जी समावेश गर्नु शाकाहारीको स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।

हरियो सिमी

सिमी फाइबर र प्रोटिनको राम्रो स्रोत हो । एक कप हरियो सिमीमा २५.८ ग्राम प्रोटिन पाइन्छ । तपाईं यसलाई तरकारीका साथै सलादको रुपमा पनि खान सक्नुहुन्छ ।

सोया मिल्क

शाकाहारीका लागि सोया मिल्क प्रोटिनको राम्रो विकल्प हो । यसलाई तपाईं विभिन्न तरिकाले डाइटमा समावेश गर्न सक्नुहुन्छ । चाहेको खण्डमा तपाईंले यसलाई कफी, स्मूजी, बेकिङ वा विभिन्न प्रकारको व्यञ्जनमा प्रयोग गर्न सक्नुहुन्छ ।

ब्रोकोली

ब्रोकोली तौल घटाउन पनि निकै सहयोगी मानिन्छ । यो खाँदा स्वादिलो त हुन्छ नै यसमा प्रोटिन पनि भरपुर मात्रामा पाइन्छ । ब्रोकोलीबाहेक काउली पनि प्रोटिनको राम्रो स्रोत हो ।

फर्सीको बिउ

फर्सीको बिउ प्रोटिनको राम्रो स्रोत हो । यसलाई खानामा मिसाएर वा यत्तिकै पनि खान सकिन्छ ।

हरियो केराउ

हरियो केराउ पनि स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । एक कप केराउको दानामा १८.४६ ग्राम प्रोटिन पाइन्छ । यसलाई तरकारी बनाएर वा सुप बनाएर पनि खान सकिन्छ ।

ओट्स

प्रोटिनको राम्रो स्रोत हुनुका साथै ओट्स तौल घटाउनेहरुका लागि पनि प्रिय खान्की हो । आधा कप ओट्समा ६.७५ ग्राम प्रोटिन पाइन्छ । यो बनाउन पनि सजिलो छ । - एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस